काठमाडौं । शिक्षामन्त्री महावीर पुनले आफूलाई उद्घाटन–शिलन्याससहितका प्रमुख अतिथि हुने जस्ता कुनै पनि कार्यक्रममा निमन्त्रणा नगर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले आफू युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारणसभा र ब्रिटिश काउन्सिलले नाइजेरियामा आयोजना गरेको कन्फरेन्समा समेत नगएको उल्लेख गर्दै आग्रह गरेका हुन् ।
उनले नगई नहुने बैठकहरूमा सहभागी हुन मात्र केही मन्त्रीहरू विदेश गएको उल्लेख गर्दै विदेश घुम्यो भनेर हल्ला नगर्न पनि आग्रह गरेका छन् ।
उनले भनेका छन्–
सूचना : कृपया कसैले पनि र कहीँबाट पनि हालको म मन्त्रीलाई उद्घाटन/शिलन्यास कार्यक्रम, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरूमा निमन्त्रणा गर्दै नगर्नुहोला । म युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारणसभा र ब्रिटिश काउन्सिलले नाइजेरियामा आयोजना गरेको कन्फरेन्समा समेत गइनँ र जाँदिनँ । जानै पर्ने र नगई नहुने मिटिङहरूमा मात्र केही मन्त्रीज्यूहरू विदेश जानुभएको हो । विदेश घुम्यो भनेर हल्ला नगर्नुहोला ।

FACEBOOK COMMENTS