![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले कपिलवस्तुको तौलिहवा नगरपालिका–१ स्थित करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन आन्तरिक राजश्व कार्यालय, कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरे ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ, तौलिहवाका अध्यक्ष गयादीन कुर्मी तथा कोषाध्यक्ष सन्दीप श्रीवास्तव, करदाता सेवा कार्यालय तौलिहवाका कर अधिकृत भोजप्रसाद खनाल, सिभिल बैंकका लुम्बिनी प्रदेश प्रमुख किरण धमलालगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति थियो ।
बैंकको एक्सटेन्सन कार्यालय सञ्चालनमा आएसँगै अब त्यस क्षेत्रका सेवाग्राहीहरुले आन्तरिक राजश्व विभागसँग सम्बन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग गर्न सक्ने बैंकले बताएको छ ।
पाँच लाख भन्दा बढी ग्राहकलाई ११४ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको थप नयाँसहित एक्सटेन्सन काउन्टरको संख्या ८ पुगेको छ । जसमध्ये ५ वटा एक्सटेन्सन काउन्टरले नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न मद्दत गरिरहेको छ ।
साथै बैंकको हालसम्म एटीएम संख्या ८९ वटा छन् । बैंकले हालसम्म करीव रू. ८२ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी रू. ७८ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे जनाएको छ ।
FACEBOOK COMMENTS