![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले वीरगन्ज चिनी कारखाना सञ्चालनका निमित्त प्रयास गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्साले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री रिजालले चिनी मिल चलाउन आफू तयार रहरेको बताएका हुन् ।
मन्त्री रिजालले चिनी मिल पुनः सन्चालनमा ल्याउनका लागि विज्ञहरूलाई बोलाएर छलफल गरी मन्त्रालयले काम अगाडि बढाउने स्पष्ट पारे ।
कार्यक्रममा उपस्थित पर्साबासीले दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
पर्सा जिल्लावासीकै आशीर्वाद र साथले आफू चार दशकको राजनीतिक यात्रामा पहिलो पटक मन्त्री बनेको भन्दै मन्त्री रिजालले जिल्लावासीकै आदेशमा आफू चल्ने समेत बताए ।
पर्सादेखि रौतहटसम्म तीन जिल्लाका किसानको समृद्धिसँग जोडिएको चिनी कारखाना बन्द भए लगत्तै किसानहरूको दुःखका दिन सुरु भएकाले चिनी कारखाना सञ्चालन हुनुपर्ने पर्साबासीको माग रहेको थियो ।
वीरगन्जमा रुस सरकारको आर्थिक सहयोगमा स्थापना भई २०२१ सालदेखि सञ्चालनमा आएको वीरगन्ज चिनी कारखाना घाटामा गएको भन्दै सरकारले २०५९ सालमा बन्द गरेको थियो ।
FACEBOOK COMMENTS