काठमाडौँ । ओपोले आज नेपालमा नयाँ ओपो ए ७८ लन्च गरेको छ ।
कम्पनीका अनुसार यस फोनमा एफएचडी + एएमओएलईडी डिस्प्ले, डुअल स्टेरियो स्पिकरहरू, लाइटनिङ फास्ट ६७ डब्लू सुपरभूसीटीम फ्ल्यास चार्ज र लामो समयसम्म चल्ने ५ हजार एमएएच ठूलो ब्याट्री, कलरओएर १३ दशमलव १ लगायत अपग्रेडहरू रहेका छन् ।
ए ७८ लाई चार वर्षसम्म निर्बाध रूपमा प्रदर्शन प्रदान गर्न निर्माण गरिएको कम्पनीको दाबी छ ।
पछाडिको कभरमा डायमण्ड म्याट्रिक्स डिजाइनको साथ अल्ट्रा स्लिम रेट्रो डिजाइन रहेको छ । ए ७८ स्न्यापड्रागन ६८० मोबाइल प्लेटफर्मद्वारा सञ्चालित छ ।
फोनमा 8GB RAM + 256GB ROM कन्फिगरेसन एसडी कार्ड स्लट मार्फत एक टीबी सम्मको अतिरिक्त भण्डारण रहेको छ ।
यसमा अधिकतम ८ जीबी र्या ममा अस्थायी रूपमा फ्रि रोम स्पेसलाई रूपान्तरण गर्न सकिन्छ ।
ए ७८ दुई ताजा, ट्रेंडी कलर फिनिशमा उपलब्ध छ ( एक्वा ग्रीन र मिस्ट ब्ल्याक । यसको मूल्य ३२ हजार ९९९ रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS