काठमाडौं । ओपोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए ६ प्रो को प्रि–बुकिङ औपचारिक रूपमा खुला गरेको छ ।
अब ग्राहकले आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै आफ्नो डिभाइस सुरक्षित गर्न सक्नेछन्। प्रि–बुकिङ अवधि कार्तिक २८ देखि मङ्सिर १ गते सम्म सबै ओपो अधिकृत खुद्रा पसलहरूमा सञ्चालन हुनेछ ।
अफर अवधिभर, ओप्पो ए६ प्रो प्रि–बुक गर्ने रु. ३,४९९।– मूल्यकाओप्पो एन्को बड्स ३ प्रो जित्ने मौका पाउनेछन्। यो सिमित समयको अफर पहिला ४०० जना भाग्यशाली ग्राहकका लागि मात्र उपलब्ध हुनेछ ।
यसमा सहभागी हुन, ग्राहकहरूले नजिकको ओपो अधिकारीक बिक्रेतामा गएर प्रि–बुकिङ फारम भर्नुपर्छ। प्रि–बुकिङ पूरा गर्ने पहिलो ४०० ग्राहक स्वत: यो विशेष उपहार अफरका लागि योग्य हुनेछन् ।
ओप्पो ए६ प्रो ले स्टाइलिस डिजाइन र शक्तिशाली प्रदर्शनलाई संयोजन गर्दै आजका युवा र गतिशील प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्ने उद्देश्य राखेको छ।

यो स्मार्टफोन मंसिर २ मा औपचारिक रूपमा सार्वजनिक हुँदैछ, जसले ओपोको लोकप्रिय ए–श्रृंखला लाई थप मजबुत बनाउने कम्पनीको दाबी छ ।

FACEBOOK COMMENTS