नेपालीहरुको महान चाड विजय दशमीको टिका ग्रहण पछी दक्षिणा पनि प्राप्त भैसकेको छ ।तेही दक्षिणा लगानी गरि शेयर बजारबाट कमाई गर्ने इच्छुकहरुले आबेदन दिन मिल्ने गरि साधारण शेयर (आईपीओ) निष्काशनको तयारीमा रहेका छन् ।
२१ वटा कम्पनीहरुको ५ अर्ब ९४ करोड ७२ लाख ८९ हजार ४०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने अनुमतिको पर्खाइमा रहेका छन् ।
जसमध्ये सबैभन्दा बढी १२ हाईड्रोपावर कम्पनीहरु मध्य तीन अर्ब ४६ करोड ९९ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने पर्खाइमा रहेका छन्।
त्यसैगरी, लघुवित्त कम्पनीहरुको ५ कम्पनीका २८ करोड ६२ लाख ३३ हजार रुपैयाँ, दुई इन्स्योरेन्स कम्पनीहरुको एक अर्ब ८७ करोड २० लाख रुपैयाँ र अन्य समूहको २९ करोड ४१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नको लागि पर्खाइमा रहेका छन्।
पछिल्लो समय आईपीओमा लगानी गरेर राम्रो आम्दानी हुन थालेपछि लगानीकर्ताहरु आकर्षित भएका छन्। यो मौका पारेर विगतका वर्षहरुमा भन्दा यस वर्ष साधारण शेयर बिक्री गर्न इच्छुक कम्पनीहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको पाइन्छ।
