काठमाडौँं । राष्ट्रियसभाको आजको बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका छन् ।
कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देकबाट हटाउन सरकारी निर्णयको विरोधमा विपक्षी दलहरूले बैठक अवरुद्ध गरेका हुन् ।
आजको बैठक सुरु हुनेबित्तिकै एकीकृत समजावीका सांसद बेदुराम भुसालले समय मागेर बोल्दै प्रधानमन्त्रीले सभामा उपस्थित भएर विषयमा जवाफ नदिएसम्म बैठक चल्न नहुने बताए ।
त्यसपछि नेपालीका कांग्रेसका सांसद कृष्णप्रसाद सिटौला बोलेका थिए । उनको सम्बोधनपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपक्षी दलका सांसदहरूलाई बैठक सञ्चालनमा सहजीकरण गरिदिन आग्रह गरे पनि उभिएर विरोध गरिरहेपछि बैठक एक घण्टाका लागि स्थगित भएको घोषणा गरेका छन् ।
यसअघि हिजोको बैठक पनि विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको थियो ।
FACEBOOK COMMENTS