काठमाडाैँ । विपक्षी दलहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदैछन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा ४ बजे ज्ञापनपत्र बुझाउने तय भएको हो ।शुक्रबार माओवादी अध्यक्ष प्रचण्डले डाकेको विपक्षी दलको बैठकले ज्ञापनपत्रको मस्यौदा बनाउन कार्यदल बनाएको थियो ।
कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल रहेका छन् । (माओवादी केन्द्र), प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी लगायतका दलको बैठकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।
बाढीपहिरोबाट ठूलो क्षति हुँदा पनि सरकार राहत तथा उद्धारमा असफल भएको विपक्षी दलको निष्कर्ष छ । संसदको विशेष अधिवेशन बोलाउन माग गर्नेसम्मको विपक्षी दलको तयारी छ । सरकारलाई दबाबमा राख्नको लागि संघीय संसदका सबै प्रतिपक्ष दल एकैठाउँमा उभिएका छन्
FACEBOOK COMMENTS