काठमाडाैँ। प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलको बैठक राखेका छन् । शुक्रबार ९ बजेको बैठक भरखरै सकिएको छ । बैठकमा लाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने सहमति गरेको माओवादी नेता शक्ति बस्नेतले सञ्चार माध्यममा जानकारी दिए ।
उनले पछिल्लो समयमा आम जनतामा निराशा बढ्दै गएको र बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुनस्स्थापनाको बारेमा सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष बैठकले निकालेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको चर्चाबारे विपक्षी दलको वैठकमा छलफल भएको छ । रास्वपा नेताहरुले राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गर्न खोजिएको गुनासो गरेका थिए
FACEBOOK COMMENTS