काठमाडौँ । चार्ल्स शोभराजलाई कैदमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले अन्य मुद्दामा थुनामा बस्न नपर्ने भए आजैदेखि कैद मुक्त गर्न र पन्ध्र दिन भित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो।
शोभराजले दिएको बन्दीप्रत्यक्षीकरण मुद्दामा इजलासले १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएकाले उनले कानुनले दिएको सुविधा पाउनुपर्ने भनेको हो।
सन् १९७५ मा अमेरिकी र क्यानेडियन नागरिकको हत्यामा उनलाई काठमाडौँ र भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरेका थिए। काठमाडौँ जिल्ला अदालतमा चलेको उनको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो।
जिल्ला अदालतले उनलाई गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो। सन् २००३ देखि उनले केन्द्रीय कारागार सुन्धारामा कैद सजाय काटिरहेका छन्।
FACEBOOK COMMENTS