काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सरकारले हालै ल्याएको अध्यादेशले व्यवसाय क्षेत्रलाई नयाँ ऊर्जा प्रदान गरेको बताएका छन् ।
बिहीबार भृकुटीमण्डपमा आयोजित ‘आठौं नेपाल चेम्बर एक्स्पो २०२५’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले ल्याएको अध्यादेशलाई व्यवसाय क्षेत्रलाई उत्साहित बनाएको बताएका हुन् ।
उनले भने, ‘अहिले जुन अध्यादेश ल्याइएको छ यसले विदेशमा निर्यात र आयातको बाटोलाई सहजीकरण गरिदिएको छ । यो स्वागतयोग्य छ ।’
मेलाले विभिन्न स्वदेशी तथा विदेशी उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण सहयोग पुर्याउने उनले बताए ।
FACEBOOK COMMENTS