काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण आजदेखि सुरु गर्दै छ ।
दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसदको कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीतिलगायतबारे जानकारी गराइने छ ।
अभिमुखीकरणमा पार्टीका शीर्ष नेताहरू, पूर्वसांसद तथा संसदीय मामिलाका विज्ञहरूले विभिन्न सत्र सञ्चालन गर्नेछन् । अभिमुखीरणका लागि रास्वपा सांसदहरू कार्यक्रमस्थलमा पुग्न थालेका छन् ।
प्रशिक्षण कार्यक्रम सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि सहभागी हुनेछन् । कार्यसूचीअनुसार दोस्रो दिनको अन्तिम सत्रमा सभापति लामिछानेले सम्बोधन गर्ने कार्यक्रम राखिए पनि शाहको भूमिका भने खुलाइएको छैन ।
पार्टीबाहेक प्रशिक्षकको रूपमा राई र शर्मासहित पूर्वसचिव (संसद सचिवालयसमेत)सुरेश अधिकारी, पूर्वकानुन सचिव तोयानाथ अधिकारी, राष्ट्रिय योजना आयोगका पूर्व सचिव डा. तोयानारायण ज्ञवाली र पूर्वसचिव प्रतापकुमार पाठक प्रशिक्षकका रूपमा रहेका रास्वपाले जनाएको छ ।





FACEBOOK COMMENTS