काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई लक्षित गर्दै यही चैत्र ३ र ४ गते कार्यक्रम तय गरिएको हो।
पार्टीद्वारा जारी सूचनाअनुसार अभिमुखीकरण कार्यक्रम बिहान १० बजे बाट सुरु हुनेछ। कार्यक्रम होटल रोयल टुलिप मा सञ्चालन हुने बताइएको छ।
नवनिर्वाचित सांसदहरूलाई आचारसंहिता जारी गर्दै कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध गरेको बताएको छ।
कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध गरिएको, परिवार सदस्य, साथी वा अन्य अतिथि होटलमा आमन्त्रण नगर्न भनिएको पार्टीले जानकारी दिएको छ।
सहभागीलाई छाडेपछि वाहन होटल परिसरमा वा बाहिर पार्क गर्न सकिनेछ, चालक तथा अन्य व्यक्तिको भोजन र आवासको व्यवस्था सहभागीकै जिम्मेवारी हुने रास्वपाले बताएको छ।

सांसदहरूले कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न निर्देशन जारी गरिएको र पोशाक व्यवसायिक क्याजुअल लगाउनुपर्ने उल्लेख छ।



FACEBOOK COMMENTS