काठमाडौँ – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ ।
जेनजी आन्दोलनमा गोली लागेर युवाहरूको मृत्यु भएको भन्दै पूर्वसांसद तथा कांग्रेस नेता अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा जाहेरी दर्ता गराएका हुन् ।
उनले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत जाहेरी दिएका हुन् । जाहेरीमा घटनामा मृत्यु भएकाहरूको विवरणसमेत उल्लेख गरिएको छ।
जाहेरीमा ओलीले नै गोली चलाउन आदेश दिएको र यो एक जघन्य अपराध भएको उल्लेख छ । घटनाको गहिरो अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गर्दै शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्कालाई प्रमाणका रूपमा प्रस्तुत गर्नसमेत अनुरोध गरिएको छ ।
FACEBOOK COMMENTS