काठमाडौं । एमाले सांसद पदम गिरीले बैंकहरुलाई मिटरब्याजीको आरोप लगाएका छन् । आज बुधबार प्रतिनिधि सभामा बोल्दै सांसद गिरीले यस्तो बताएका हुन ।
‘बैंकले त एक प्रकारले भन्ने हो मिटरब्याजीकै काम गरिरहेको छ, यो भन्न हिच्किचाउनु पर्ने कुरा छैन ।’ उनले भने, ‘बैंक बाट लोन लिएको मान्छे, लोन लिएर व्यापार व्यावसाय गर्छु भन्यो भने एक वर्षमा ४–४ पटकसम्म ब्याज वृद्धि गर्दै जाने र अनि मान्छेलाई गरिब कंगाल बनाएर सबै लिलामीमा पठाउने काम भईरहेको छ ।’
उनले सहकारीबाट पनि नियम विपरित घरजग्गा, गाडी आदिमा लगानी गरेर बचत र्फिता नगराउँदा बचतकर्ता रुदैँरुदै हिडेको अवस्था रहेको र सरकारले यसमा ध्यान दिनुपर्ने सांसदले बताए ।
FACEBOOK COMMENTS