काठमाडौं । सरकारले कोशी प्रदेश नामकरणविरुद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदमबहादुर लिम्बुलाई शहीद घोषणा गरेर परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनम ज्यान गुमाएका लिम्बुलाई शहीद घोषणा गर्ने र उनका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो।
मन्त्रिपरिषद्का बाँकी निर्णय आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताइएको छ। लिम्बुको कोशी प्रदेश नामकरणविरुद्ध आदोलन गर्दा मृत्यु भएको थियो।
FACEBOOK COMMENTS