काठमाडौं । मेछाप जिल्लाको दोरम्बा–शैलुङ गाउँपालिका–३ लेकखर्कमा पहिरोमा दुई जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोले ३ वटा घर बगाएको बताइएको छ ।
पहिरोमा परी केही व्यक्ति बेपत्ता भएको बताइएको छ । पहिरोले अँधेरीखोलाको पुल बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । जसले गर्दा प्रहरी घटनास्थल पुग्न समय लागेको थियो ।
आज बिहान ३ः३५ बजे पहिरोले गाउँमा क्षति पुर्याएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।
FACEBOOK COMMENTS