सुर्खेत । दार्चुलाको गोकुलेश्वर–दार्चुला सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।
गएराती दार्चुलाको शैल्यशिखर नगरपालिका–६ तेरर्छ्यालेक स्थित गोकुलेश्वर–दार्चुला सडक खण्डमा माथिबाट पहिरो झरी बाटो पुर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।
प्रहरीले सडक खुलाउने प्रयास भइरहेको बताउदै सतर्कता अपनाउन र वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ ।
FACEBOOK COMMENTS