चितवन । शुक्रबारदेखि अवरुद्ध भएर आइतबार अपराहन्न एकतर्फी संचालनमा आएको मुग्लिन नारायणगढ सडक खण्ड रातिमा बन्द गरिने भएको छ ।
पहिरोको जोखिम कायम रहेकोले आज राति ९ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिने भएको हो । रातिमा जोखिम देखिएकाले यातायात रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
शुक्रबार साँझदेखि खसेको पहिरो आइतबार अपराहन्न करिब ४ बजे मात्र एकतर्फी खुलाइएको थियो । यस क्रममा हजारौं यात्रु सडकमा अलपत्र परेका थिए ।
FACEBOOK COMMENTS