काठमाडौं । नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय गुर्जुधारा र बैदेशिक रोजगार कार्यालयबाट ३८ जना बिचौलियाहरुलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डौबाट प्रहरी अधिकृत सहितको बिशेष टोलीले गुर्जुधाराबाट २५ जना र बैदेशिक रोजगार कार्यालयबाट १३ जनासहित ३८ जना बिचौलियाहरु पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, वैदेशिक रोजगार कार्यालयहरुमा सेवा लिन आएका सेवाग्राहीहरुलाई बिना इजाजत सेवा लिने र दिने कार्यमा बाधा पुर्याई लाग्ने दस्तुर भन्दा बढी दस्तुर लिने , छिटो छरितो काम गरिदिने भनी आश्वसन दिने, तथा गर्न नसक्ने कामलाई सरल बनाई दिन्छौ, भनि विचौलीका काम गरी ठगी गरिरहेको गुनासो आएपछि जिल्ला प्रहरी परिसर काठमाण्डौबाट प्रहरी अधिकृत सहितको बिशेष टोलीले उक्त कार्यमा संलग्न रहेको अवस्थामा फेला पारी बिचौलीयाहरुलाई निन्त्रणमा लिएको जनाएको छ ।
