काठमाडौँ । पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा भएको बम विस्फोटमा एक पाकिस्तानी सेनाका मेजरसहित कम्तीमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ ।
घटना कुर्दगाप तहसीलको काली पसन्द खान नजिकै भएको मिडिया रिपोर्टमा उल्लेख छ ।अज्ञात हतियारधारी व्यक्तिहरूले विस्फोटक पदार्थ राखेको र सुरक्षा बलका गाडीहरू त्यहाँबाट गुज्रिरहेको बेला विस्फोट भएको बताइएको छ । एउटा सैन्य गाडी विस्फोटमा परेको थियो, जसमा एक सेनाका मेजर र अन्य दुई सैनिकको मृत्यु भएको थियो । दुर्घटनामा अन्य तीन जना घाइते भएका थिए ।पाकिस्तानी सेनाको मिडिया शाखा, आईएसपीआरले यस आक्रमणको बारेमा अहिलेसम्म कुनै आधिकारिक बयान जारी गरेको छैन । बलुच लिबरेशन आर्मीले यस आक्रमणको जिम्मेवारी लिएको छ ।
FACEBOOK COMMENTS