काठमाडौँ । पाकिस्तानको खैबर–पख्तूनख्वा, गिलगित बाल्टिस्तान र पाकिस्तान प्रशासित जम्मू र कश्मीरमा बाढीका कारण कम्तिमा ७८ जनाको मृत्यु भएको छ ।
जियो न्यूजका अनुसार भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण महिला र बालबालिकासहित कम्तीमा ७८ जनाको मृत्यु भएको हो ।
यद्यपि, बुनेरका उपायुक्तले भारी वर्षा र अचानक आएको बाढीका कारण बुनेर जिल्लामा कम्तीमा ७५ जनाको मृत्यु भएको दाबी गरेका छन् ।
गिलगिट–बाल्टिस्तान सरकारले धेरै क्षेत्रहरूमा आपतकालीन उपायहरू लागू गरेको छ, गिलगिट–विपद् व्यवस्थापन प्राधिकरण र उद्धार ११२२ लाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ ।
चुनौतीपूर्ण मौसमको बावजुद राहत र खोजी कार्यहरू जारी रहेको रिपोर्टमा उल्लेख छ ।
FACEBOOK COMMENTS