काठमाडौँ । वेस्ट इन्डिजले पाकिस्तानविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको लागि आफ्नो टोली घोषणा गरेको छ ।
यस पटक फास्ट बलर अल्जारी जोसेफलाई आराम दिइएको छ भने अलराउन्डर रोमारियो शेफर्ड एकदिवसीय टोलीमा फर्किएका छन्। शेफर्डले अन्तिम पटक डिसेम्बर २०२४ मा एकदिवसीय खेलेका थिए। उनी यस वर्ष इङ्गल्याण्ड र आयरल्याण्ड विरुद्धको एकदिवसीय सिरिजमा टोलीको हिस्सा थिएनन्।
हालै, वेस्ट इन्डिजले पाकिस्तानसँग टी(२० सिरिज २(१ ले हारेको थियो, तर एकदिवसीयमा उनीहरूको घरेलु प्रदर्शन बलियो रहेको छ। उनीहरूले घरेलु मैदानमा पछिल्ला तीन एकदिवसीय सिरिज जितेका छन्।
सिरिजका तीनै खेल अगस्ट ८, १० र १२ मा त्रिनिदादको ब्रायन लारा क्रिकेट एकेडेमीमा खेलिनेछन् । वेस्ट इन्डिजको एकदिवसीय टोलीस् शाई होप ९कप्तान०, ज्वेल एन्ड्रयू, जेडिया ब्लेड्स, किसी कार्टी, रोस्टन चेस, म्याथ्यू फोर्ड, जस्टिन ग्रीभ्स, अमिर जांगु, शमर जोसेफ, ब्रान्डन किंग, इभिन लुइस, गुडाकेश मोती, शेर्फेन रदरफोर्ड, जेडेन सिलेस र रोमारियो शेफर्ड ।
FACEBOOK COMMENTS