काठमाडौं । तालिबान अधिकारीहरूले पाकिस्तानले आफ्नो सीमावर्ती प्रान्त पक्तिकामा बम विस्फोट गराएको र युद्धविरामको उल्लंघन गरेको दाबी गरेका छन् ।
तालिबान सरकारका एक प्रान्तीय अधिकारीले बताएअनुसार शुक्रबार पाकिस्तानले पक्तिका प्रान्तको अर्घुन जिल्लामा एउटा घरमा बम विस्फोट गराएको बताएका छन् । आक्रमणमा केही सर्वसाधारणको मृत्यु भएको र केही घाइते भएको बताएको छ ।
मिडिया रिपोर्टका अनुसार पाकिस्तानले अफगानिस्तानको सीमावर्ती पक्तिका प्रान्तमा कारबाही सुरु गरेको छ । पाकिस्तानले युद्धविरामको उल्लंघन गरेको आरोप लागाउदै तीन स्थानमा बम विस्फोट गराएको र अफगानिस्तानले जवाफ दिने तालिबानी अधिकारीले बताएका छन् । युद्धविराम उल्लङ्घन वा अफगानिस्तानमा भएको कुनै पनि आक्रमणको बारेमा पाकिस्तानबाट कुनै बयान आएको छैन ।
यसअघि, तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तान र अफगानिस्तान बीचको युद्धविरामको पुष्टि गरेका थिए । धेरै झडपहरू पछि बुधबार पाकिस्तान र अफगानिस्तान ४८ घण्टाको युद्धविराममा सहमत भए। कतारको मध्यस्थतामा दोहामा वार्ता भइरहेको छ ।
FACEBOOK COMMENTS