काठमाडौँ । पाकिस्तानको क्वेटामा बलुचिस्तान नेशनल पार्टी बीएनपीको र्यालीपछि भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।
जियो न्यूजका अनुसार बलुचिस्तान नेशनल पार्टीका केन्द्रीय सूचना सचिव आगा बलुचले यो विस्फोट नवाब नियाज जेहरीको गाडी नजिकै भएको उल्लेख गरेको छ । विस्फोटमा उनका केही व्यक्तिगत सुरक्षाकर्मीहरू पनि मारिएका छन् ।
राज्य सरकारले यस घटनाको अनुसन्धानको आदेश दिएको छ । बलुचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुगटीले घटनाको निन्दा गर्दै भने कि यो विस्फोट ुमानवताका शत्रुहरूको कायरतापूर्ण कार्यु भएको बताएका छन् ।
FACEBOOK COMMENTS