काठमाडौं । त्रिभुवन विमानस्थलबाट पास गरिएको ३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको शिवगञ्ज घर भएका ५० वर्षीय अग्रवाललाई प्रहरीले २०७५ साउन ८ मा रेड नोटिस जारी गरेको थियो ।
नेपाल प्रहरीको इन्टरपोल शाखाले आइतबार त्रिभुवन विमानस्थलबाट कृष्णगोपाल अग्रवाललाई पक्राउ गरेको हो । दुबईमा बस्दै आएका अग्रवाललाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सूचनाका आधारमा पक्राउ परेका हुन् ।
सुन तस्कर चूडामणि उप्रेती ‘गोरे’को समूहका अग्रवाललाई आपराधिक समूह स्थापना गरेर सुनको अवैध चोरी पैठारी र निकासी गरेको अभियोगमा जिल्ला अदालत मोरङले वारेन्ट जारी गरेको थियो ।विमानस्थलबाट पास भएपछि हराएको भनिएको ३३ किलो सुनमा अग्रवालको पनि लगानी रहेको सुन तस्करी छानविन गर्न गठित समितीले गरेको अनुसन्धानबाट थाहा भएको छ ।
FACEBOOK COMMENTS