काठमाडौं । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङका अधिकृत खगेन्द्र सापकोटालाई प्रकाउ गरेको छ ।
विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।
नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको हो ।
स्रोतका अनुसार सापकोटा बिहान ८ः४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं आउँदै थिए । सापकोटासँगै अर्का एक जना व्यक्ति पनि रहेका थिए । उनी भने फरार भएका छन् ।
FACEBOOK COMMENTS