काठमाडौं । वैदेशिक रोजगारीका लागि क्रोयशिया पठाइदिने भन्दै थगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं–२३ बसन्तपुर बस्ने वर्ष ३५ को विशाल श्रेष्ठ रहेका छन् ।
विशालले एलिना पख्रिनलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाईदिन्छु, त्यसको लागि ७ लाख ५० हजार रुपैयाँ लाग्छ, क्रोएसिया पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक ७० हजार रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।
पीडितबाट पटक पटक गरी १ लाख ४ हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएको उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार बागबजारबाट पक्राउ गरेको हो ।
उनीमाथि गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
FACEBOOK COMMENTS