काठमाडौँ । उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले ६ सयभन्दा बढी नागरिकलाई ठगेको आरोपमा विकाश वाइबा भनिने सुजन तामाङ पक्राउ गरेको छ ।
नुवाकोट घर भएको तामाङलाई प्रहरीले ललितपुर लेलेबाट तामाङलाई पक्राउ गरेको हो । उनले युरोपियन मुलुक पटाउँछु भनेर ६९ करोड ठगिगरेको पाइएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार उनले आफ्नै विकाश बाइवाको नामबाट ३७ करोड र सुजन तामाङको नामबाट ३२ करोड ठगी गरेका थिए ।
तामाङले काठमाडौँको बालाजु चोक स्थितमा यूरो विङ्स एजुकेसन कन्सल्टेन्सी संचालन गरी आफूलाई विकास वाईवाको नक्कली परिचय दिई युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसिया लगायतका देशहरूमा पठाई दिन्छु भन्ने प्रलोभनमा पारी ६ सय जना भन्दा धेरै सर्वसाधारण व्यक्तिहरूबाट करोडौँ रकम ठगी गरेका थिए ।
FACEBOOK COMMENTS