हेटौंडा । बलात्कारको अभियोगमा सिन्धुलीका पूर्वमाओवादी लडाकु कमाण्डर पक्राउ परेका छन् ।
फागुन ४ गते मकवानपुरकी एक १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा सिन्धुली मरिन गाउँपालिका ७ का हरि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले बताए । उनलाई पहिलोपटक म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी भण्डारीले दिए ।
जनयुद्धकालमा प्रमोद नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजन कमाण्डर थिए । उनी लडाकुलाई शिविरमा राखिएका बेला दुधौलीमा थिए ।
FACEBOOK COMMENTS