काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आइपिओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा शुक्रबार बिहान आइपिओ बाँडफाँड भएको हो ।
कम्पनीले गत फागुन १२ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो । सो निष्काशनमा कुल २४ लाख १३ हजार ५१७ जना लगानीकर्ताले २ करोड ६३ लाख १० हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये २३ लाख ७६ हजार ७०५ आवेदन स्वीकृत भएका छन् भने बाँकी ३६ हजार ८१२ आवेदन रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ। यस अनुसार कुल ४ लाख ५० हजार लगानीकर्ताले १०–१० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।
आईपीओको नतिजा सिडीएसीको आइपिओ रिजल्ट र मेरोशेयरको वेभसाइटमा हेर्न सकिने छ ।
FACEBOOK COMMENTS