काठमाडौँ । पाल्पा र दाङबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
पाल्पा, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका–५ बेझाड डेरा गरी बस्ने लमजुङ मस्र्याङ्दी गाउँपालिका–५ घर भएका २८ वर्षीय धन रासी विकलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दाङ, ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–३ मसोट बस्ने ३६ वर्षीय हिमाल बोहरालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
बोहराले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS