काठमाडौं । पल्पसा बहुउद्देशीय सहकारी संस्थाको पाँचौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा – ६मा संस्थाको पाचौँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सभामा संस्थाका सचिव लक्ष्मी गोपाल प्रजापतीले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । यस्तै बार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष भरत लघुबाट आर्थिक प्रतिवेदन सहित लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरिएको संस्थाका अध्यक्ष गजेन्द्र सिङँख्वालले जानकारी दिए ।
संस्थामा अहिले ६ सय भन्दा बढि सेयर सदस्यहरु रहेका छन् । संस्थामा बालबचत सहित ५२ प्रतिशत सेयर सदस्यहरुको उपस्थितिमा संस्थाको पाँचौँ बार्षिक साधारण सभा सम्पन्न भएको उनले बताए । कार्यालय प्राङ्गणमै आयोजना गरिएको साधारण सभामा उपस्थित सेयर सदस्यहरुलाई अध्ययक्ष सिङँख्वालले धन्यबाद ज्ञापन गरेका छन् ।

FACEBOOK COMMENTS