काठमाडौं । विद्युत नियमन आयोगले पञ्चकन्या ग्रुपका दुई उद्योगको डेडिकेटेड फिडर र ट्रङ्कलाइन विद्युतको प्रिमियम महसुल विवादमा दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
आयोगले पञ्चकन्या स्टील इन्डष्ट्रिज र पञ्चकन्या प्लास्टिक इन्डष्ट्रिजमा गरिएको विद्युत लाइन कटौती र महसुल विवादबारे बुझ्न दुवै उद्योग र नेपाल विद्युत प्राधिकरणलाई आगामी आइतबार छलफलमा बोलाएको हो ।
साथै, आयोगले यस विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि प्राधिकरणलाई निर्देशन दिएको छ ।
लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रङ्कलाइनबाट प्रयोग गरेको बिजुलीको प्रिमियम शुल्क नतिरेको भन्दै विद्युत प्राधिकरणले लाइन काटिदिएपछि पञ्चकन्या स्टील इन्डष्ट्रिज र पञ्चकन्या प्लास्टिक इन्डष्ट्रिजले गत कात्तिक १४ गते आयोगमा निवेदन दिएका थिए ।
पञ्चकन्या स्टीलको ५२ लाख र पञ्चकन्या प्लास्टिकको २५ लाख रुपैयाँ बक्यौता छ ।

यता, यी उद्योगले गत कात्तिक १७ गते प्राधिकरणलाई आफ्नो बक्यौताको पहिलो किस्ता बुझाइसकेका छन् । साथै, उद्योगमा लाइन पनि जोडिएको छ ।

किस्ता पनि तिर्ने र न्यायिक प्रक्रियामा पनि अघि बढ्ने नीतिअनुरूप पञ्चकन्या समूह अघि बढेको हो ।

याे पनि पढ्नुहाेस्–

बक्यौता महसुल तिर्न छोडेर अर्घाखाँची सिमेन्ट सर्वोच्च अदालत पुग्यो
FACEBOOK COMMENTS