काठमाडौ । वायुसेवा संचालक संघको अध्यक्षमा प्रतापजङ्ग पान्डे निर्वाचित भएका छन् ।
संघको २५ औँ वार्षिक साधारणसभाले अध्यक्षमा पान्डेलाई निर्बिरोध चयन गरेको हो । पान्डेको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा निमानुरू शेर्पा, द्विपक्षीय उपाध्यक्षमा सुवास सापकोटा, तृतीय उपाध्यक्षमा उमेश पनेरु, महासचीवमा मुरलीधर जोशी, सचिबमा बालकृष्ण पन्डित र कोषाध्यक्षमा रुपेश जोशी निर्वाचित भएका छन् ।
कार्यसमितिका सदस्यहरूमा बेसक्याम्प हेलिकप्टरका श्रोम हर्ष श्रेष्ठ, सीता एयरका धनश्यामराज आचार्य, सौर्य एयरलाइन्सका उमेश आचार्य, फिस्टेल एयरका विनोद थापा, गुण एयरलाइन्सका प्रज्वल थापा, हिमालय एयरलाइन्सका मिलन महर्जन, प्रभु हेलिकप्टरका नोभेलकुमार राजलवट र हेलि एभरेष्टका फुर्वा छिरिङ शेर्पा रहेका छन् ।
कार्यक्रममा अध्यक्ष पान्डेले अपरेशनल लगायतका काम गर्न क्यानमा भएको बुझने नेतृत्वले गर्दा सहज भएको बताए । बिश्वमा सन्चालन भएका भन्दा बन्द भएका कम्पनी धेरै रहेको स्मरण गरे ।
उनले नेपालमा कसरी सस्टेन हुने भन्नेमा ध्यान दिनु पर्ने बताए । नेपालमा हावामा ईन्धन उडाउने, फ्लाईट डिले हुने समस्या बढेको तर्फ ध्यानाकर्षषण गराए । होटलको क्षमता ३५ लमख पुगेको तर पर्यटनको संख्या ११ लाख मात्रै रहेको स्मरण गरे ।

FACEBOOK COMMENTS