पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदबाट विश्वासको मत पाएका छन् ।
गत १४ गते नियुक्त भएर १५ गते शपथ लिएका पाण्डेले मागेको विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ मत परेको छ । राप्रपा तटस्थ बसेको छ ।
उनलाई कांग्रेसका २७, माओवादीका ७ र एकीकृत समाजवादीका राजीव गुरुङसहित ३५ सदस्यले विश्वासको मत दिएका थिए ।
नेकपा एमालेका २२ सांसले विपक्षमा मत हालेका छन् । राप्रपाका २ सांसद भने तटस्थ बसेको छ ।
पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा कांग्रेस–माओवादीको बहुमतको सरकारको सुरेन्द्रराज मुख्यमन्त्री बनेका हुन् ।
कुनै दलले समर्थन फिर्ता लिएमा १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्थाअनुसार एमाले नेतृत्वकाे खगराज अधिकारीले संसदबाट वैशाख ९ गते विश्वास गुमाएका थिए ।
FACEBOOK COMMENTS