काठमाडौं । सरकारले एकल महिलाबाट जन्मेका र बाबुको ठेगान नभएका बच्चाको जन्मदर्तालगायत सरकारी कागजपत्र बनाउँन सबै वडा कार्यालयलाई निर्देशन दिएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार ६ हजार ७४३ वटै वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई यस्तो निर्देशन दिएको हो ।
विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान भएका बच्चाको जन्मदर्तामा मावलीकै थर राखी आमाको स्थायी ठेगाना राख्ने भनिएको छ । त्यस्तै बच्चा मावलीमै बसेको भए सोही ठेगानामा दर्ता गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
बाबुको ठेगाना पत्ता लागे सोही ठेगाना राखेर नयाँ जन्म दर्ता गर्ने उल्लेख छ । यस्तै एकल महिलाले जन्माएको र बाबुको ठेगान नभएका बच्चाको जन्मदर्ता मावलीको थरबाट गर्न सबै वडालाई निर्देशन दिएको छ ।
FACEBOOK COMMENTS