काठमाडौं । नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढेको छ । कांग्रेसमा नेता शेरबहादुर देउवा समूहले आज बिहान छुट्टै भेला आयोजना गरी समानान्तर प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
केन्द्रीय समितिको बैठक सानेपामा जारी रहेका बेला देउवा समूहले पुरानो केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरुलाई छलफलका लागि बोलाएको थियो ।
बैठकमा सहभागी नेता मीन विश्वकर्माले अदालतमा कांग्रेस नेतृत्वबारेमा मुद्दा विचाराधीन रहेकाले अन्तिम फैसला नआएसम्म ‘समानान्तर गतिविधि’ कायमै रहने बताए ।
उनका अनुसार अघिल्लो केन्द्रीय समितिले कारबाही गरेका दुई नेता गगन थापा र विश्वप्रकाश शर्मालाई भने बैठकमा बोलाइने छैन ।
“उहाँहरु कारबाहीमा पर्नुभएको छ, कारबाहीमा परेकालाई बोलाउन मिल्दैन,” उनले भने, “केन्द्रीय समितिको बैठक बोलाउने दिनको निर्णय गर्ने जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ ।”उनले नेता खड्काले पार्टीका नेताहरुसँग परामर्श गरेर बैठक बोलाउने छन् ।
FACEBOOK COMMENTS