काडमाडौं । प्यारामाउन्ट मोटर्सले विलिङको बिङ्गो मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ ।
चिनियाँ लगानीको इन्डोनेसियाली ब्रान्ड विलिङको बिङ्गो नेपाली बजारमा प्यारामाउन्ट मोटर्सले बिक्री गर्ने भएको हो ।
कम्पनीले बिङ्गोको मूल्य ३१ लाख ९९ हजार रूपैयाँ तोकेको छ । हचब्याग सेगमेन्टको बिङ्गोमा ३१ द्यशमलव ९ किलोवाट आवर ब्याट्री छ भने एक पटकको चार्जमा ३३३ किलोमिटरसम्म गुड्ने कम्पनीको दाबी छ ।
यसको मोटर पावर ४९ किलोवाट छ भने गाडीको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ । विङ्गोमा दुई वटा १० इन्चको स्क्रिन पाउन सकिन्छ । लेदर सिट, मल्टीफङ्गशनल स्टेरिङ ह्वील, रिमोर्ट स्टार्ट, किलेस इन्ट्री, अटोमेटिक पार्किङ, ट्रयाक्सन कन्ट्रोल, स्टेविलिटी कन्ट्रोल जस्ता आधुनिक सुरक्षा फिचर यो गाडीमा छ । यसको ड्यासबोर्ड पनि सफ्टटच मेटेरियलबाट बनेको कम्पनीले बताएको छ ।
पारामाउन्ट मोटर्सका अनुसार यसमा कम्पनीले आठ वर्ष वा १२० हजार किलोमिटर ब्याट्रीमा र तीन वर्ष वा १ लाख किलोमिटर मोटरमा वारेन्टी प्रदान गरेको जनाएको छ । उत्पादन भएको ६ महिनामै डेढ लाख भन्दा बढी गाडी बिक्री भइसकेको कम्पनीको दाबी छ ।
FACEBOOK COMMENTS