काठमाडौं । कथा र अभिनयले चलचित्रलाई जीवन दिन्छ, दर्शकको साथ र मायाले त्यसमा आत्मा भरिदिन्छ ।
यही समीकरणलाई नेपाली चलचित्र ‘परान’ ले प्रमाणित गरिरहेको छ । रिलिज भएको पहिलो तिनदिन पछि मात्र गति समातेको परान धलचित्रले अहिले भने हल–हलमा दर्शकको मन जितिरहेको छ । दुई साता बितिसक्दा समेत चलचित्रमा दर्शकको भीड र उत्साह लगातार बढ्दै गइरहेको छ ।
चलचित्रप्रति बढ्दो आकर्षणसँगै विभिन्न कर्पोरेट हाउसहरूले पनि ‘परान’ प्रति आभार र समर्थन जनाउन थालेका छन् । यही क्रममा किरण शुज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार शुज परिवारले चाबहिलस्थित केएल टावरको एफक्यूव सिनेमा हलमा आफ्ना कर्मचारीहरूको संयुक्त उपस्थितिमा विशेष कर्पोरेट शो आयोजना गरी चलचित्रको सामूहिक प्रदर्शन गरेको छ ।
उक्त अवशरमा एफक्यूव सिनेमा परिवारले परान चलचित्रका कलाकारहरुलाई फूलमाला र शंखध्वनिद्वारा स्वागत गरेको थियो भने कम्पनीका तर्फबाट गोल्डस्टार शुज परिवारले कलाकारहरूलाई उपहार स्वरूप गोल्डस्टार शुज प्रदान गरेका थिए ।
चलचित्रबारे आफनो संक्षिप्त प्रतिक्रिया दिँदै कम्पनीका एक प्रतिनिधिले भने, चलचित्रले नेपाली समाजको यथार्थ, विशेषगरी विदेशिने मोह र त्यसले पारिवारिक सम्बन्धमा पार्ने असरलाई सशक्त रूपमा चित्रण गरेको छ । त्यसैगरी चलचित्रले आफ्ना अभिभावकप्रति संवेदनशील बन्नु पर्ने सकारात्मक सन्देश दिँदै घर–परिवारको ममतामूलक सम्बन्धलाई पुन: सम्झाइदिएको छ ।

FACEBOOK COMMENTS