काठमाडौं । जस्मिन पेन्ट्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का लाई आफ्नो सद्भावना दूत नियुक्त गरेको छ।
‘नेपाली मनको नेपाली रङ्ग’ स्लोगन रहेको पेन्ट्स राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट पुरस्कृत भैसकेको छ थप जिम्मेवार वहन गरि २१ औ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने नवीनतम सोच र प्रविधिका साथ उत्कृष्ठ र गुणस्तरीय उत्पादनहरु नेपाली बजारमा पुर्याइरहेको कम्पनीले जनाएको छ ।
स्वदेशी उत्पादनहरुलाई थप ससक्त र बजारीकरण गर्नका लागि ब्यापार प्रवर्द्धन महत्वपूर्ण रहेको वर्तमान अबस्थामा यस कम्पनीले आफ्नो उत्पादनहरुलाई प्रवर्द्धन गर्न खड्कालाई सद्भावना दूत बनाएको कम्पनीको भनाइ छ ।
कम्पनीले आफ्नो बजार प्रवर्द्धनका लागि यस अघि नेपालका चर्चित कलाकारहरुलाई सद्भावना दूत नियुक्ति गरेको थियो । खड्कासँगको सहकार्यले नेपाली खेलकुदका साथ(साथै आफ्ना उत्पादनहरुलाई प्रवर्द्धन गर्न र बजारीकरण बिस्तारका निमित्त थप टेवा पुग्ने अपेक्षा गरेको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS