काठमाडौं । प्रशासन लगायतका समग्र शासकीय पक्षमा सुधार गर्न प्रधानमन्त्रीकै अध्यक्षतामा शासकीय सुधार आयोग बन्ने भएको छ ।
सरकार गठन भएको एक वर्ष पुरा भएको अवसरमा सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै नेतृत्वमा तत्काल शासकीय सुधार आयोग गठन गरिने बताएका हुन् ।
यस्ता आयोगको अन्तिम प्रतिवेदन प्राप्त भएपछि मात्र कार्यान्वयनमा लैजाने परम्परा तोडेर समयवद्ध सुझाव तत्काल कार्यान्वयनमा लैजाने र परिणाम दिने उनले बताए ।
FACEBOOK COMMENTS