काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली जाने भएका छन् । आज बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता समेत रहकी रेखा शर्माले जानकारी दिइन् ।
‘संयुक्त राष्ट्र संंघको खानी तथा कृषि सङ्गठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन फुड्स सिस्टम २०२३ स्टकटेकिङ मुभमेन्टमा सहभागी हुन सम्माननीय प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको छ’, प्रवक्ता शर्माको भनाइ छ । यो प्रतिनिधि मण्डलमा कृषि मन्त्री पनि सहभागी हुनेछन् ।
एक मन्त्रीले दिएको जानकारी अनुसार प्रधानमन्त्री प्रचण्ड साउन ६ गते प्रस्थान गरेर ११ गते फर्कने कार्यतालिका छ । समिट जुलाइ २४ देखि २६ सम्म आयोजना हुँदैछ ।
FACEBOOK COMMENTS