काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जनताले राखेकाे अपेक्षा अनुसार अर्थतन्त्रले गति लिन नसकेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघकाे ५८ ओैँ वाषिर्क साधारण सभा एवम् उद्योग वाणिज्य दिवसको अवसरमा बाेल्दै उनले यस्तो बताएका हुन् ।
पुँजीगत खर्च बढाउने योजना तिर सरकारको जोड रहेको प्रचण्डले बताए । उनले भने, ‘सबै ठाउँको मनोवल उच्च बनाउने सरकार अग्रसर छ । निजि क्षेत्रलाइ प्रोत्साहन गर्ने तिर हाम्रो ध्यान छ । अब पुँजीगत खर्च बढाउने योजनामा हाम्रो जोड रहेको छ’
अर्थतन्त्र समस्या मुक्त गर्ने निजि क्षेत्रले ठूलो भुमिका खेलेको प्रधानमन्त्रीको भनाइ रहेको थियो । ‘देशमा रोजगारी बिस्तार देखि पुँजी वृद्धिका लागि निजि क्षेत्रले ठूलो भुमिका खेलेको छ’ प्रधानमन्त्री प्रचण्डले भने ।
‘लगानी सम्मलेनमा परिणाम दिने गरि काम हुनेछ । अध्यादेश ल्याएर भए पनि केहि नीतिगत अबरोध फुकुवा हुन्छ । अर्थतन्त्र बिस्तारै चलायमान हुदै गएको छ’ प्रधानमन्त्री प्रचण्डले बताए ।
‘राष्ट्रिय अपेक्षा अनुरुप अर्थतन्त्रले गति लिन नसकेको प्रचण्डको भनाइ रहेको छ । आन्तरिक अर्थतन्त्र बिस्तारै सुधारतिर लम्की रहेको छ । तर, राष्ट्रिय अपेक्षा अनुरुप सुधार देखिएको छैन । यसपटक नीति तथा कार्यक्रममा सबैको कुरा समेटिने छ । अध्यादेश ल्याएर भएपनि आवश्यक कुरा परिमार्जन हुनेछ’ उनले भने ।
सरकारको ध्यान कृषि जन्य उद्योगमा रहेको बताए । प्रधानमन्त्री प्रचण्डले विभिन्न कार्यक्रम मार्फत नीजि क्षेत्रलाई हौसला दिदै आएका छन् ।
FACEBOOK COMMENTS