राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेको जनाउँदै सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी दिएको हो ।
मर्मत कार्य सम्पन्न नभएसम्म विभागसँग सम्बन्धित विभिन्न सेवा प्रवाहमा अवरोध हुने विभागले जनाएको छ ।
विभागका अनुसार अनलाइनमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा कार्ड वितरण, विवरण सच्याउने प्रक्रिया, जन्मदर्ताका क्रममा राष्ट्रिय परिचय नम्बर प्राप्त गर्ने सेवा, सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीहरूको नाम दर्ता तथा नवीकरणका क्रममा आवश्यक जैविक प्रमाणीकरण प्रक्रिया र अन्य सार्वजनिक सेवाहरूमा समेत अस्थायी असर परेको छ ।
सेवा अवरुद्ध भएपनि मर्मत कार्य सम्पन्न भएपछि सेवा पुनः सूचारु हुने विभागले जनाएको छ । विभागले आइतबारदेखि सेवा अवरुद्ध भएको जानकारी दिँदै सरोकारवाला र सेवाग्राहीलाई सार्वजनिक सूचना जारी गरी जानकारी गरेकाे छ ।



FACEBOOK COMMENTS