रामेछाप । निर्माण कार्य सम्पन्न भएको तीन वर्ष नबित्दै रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुमको घ्यानसिङ डाँडामा निर्माण गरिएको शिब–बुद्ध उद्यान जीर्ण बनेको छ ।
खाँडादेवी गाउँपालिकाले २०७८ सालमा १० लाखको लागतमा निर्माण गरेको उक्त उद्यान संरक्षण अभावमा जीर्ण बन्दै गएको हो ।
गाईबाख्रा चराउने र घाँसदाउरा गर्नेहरुले उद्यानका संरचना तोडफोड गरेका छन् । उद्यानका गमला फुटालिएका छन् भने पानीको फोहरा दिने विद्युतीय तार चुँडाइएको छ ।
उक्त उद्यानबाट वरिपरिको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ शिव र बुद्धको मूर्ति राखिएको छ । फूलका गमलाले उद्यानलाई सजाइएको छ । पालिकाले यसको संरक्षण गर्न जरुरी रहेको सिन्धुलीबाट उद्यान घुम्न आउनुभएका राजन कार्कीले बताए ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले उद्यान चाँडै मर्मत गरिने बताए । यहाँ आन्तरिक र बाह्य पर्यटक दृश्यावलोकनका लािग बेलाबेलामा आउने गरेका छन् ।
FACEBOOK COMMENTS