काठमाडौं । काठमाडौंका ब्यापारिक कम्प्लेक्सले ग्राहकसँग पार्किङ शुल्क उठाउन सक्ने भएका छन् ।
उच्च अदालत पाटनले कम्प्लेक्सले ग्राहकसँग शुल्क उठाउन बाटो खोलिदिएको छ । काठमाडौं महानगरपालिकाले व्यापारिक कम्प्लेक्सहरुले ग्राहकसँग पार्किङ शुल्क उठाउन नपाउने कानुनी भनेकोको थियो ।
उक्त निर्णयविरुद्ध व्यवसायीले दिएको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले काठमाडौं महानगरपालिकासँग लिखित जवाफ माग गरेको छ । साउन ३० गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।
FACEBOOK COMMENTS