काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ । यता राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ ।
प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट०माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
त्यसपछि आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट०माथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूचीमा रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
राष्ट्रियसभा बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । अर्थमन्त्री न पुनले आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ुलगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ुमिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् भने विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ुसुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८०ु सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची तय भएको छ ।
FACEBOOK COMMENTS