काठमाडौं । आज सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ ।
बिहान ११ बजेबाट बस्ने बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् ।
‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने कार्यसूचीमा रहेको संसद् सचिवालयले जनाएको छ ।
FACEBOOK COMMENTS