काठमाडौं । आज सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
बिहान ११ बजे बैंठकका लागि चार वटा कार्यसूची रहेका छन् ।
बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “पानी जहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूचीमा उल्लेख छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ुसंघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ु बैठकमा पेस गर्नेछन् ।
यस्तै उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आगामी आर्थिक २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।
आगामी आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने समेत संसद् सचिवालयले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS